थाहा नगर र भीमफेदीमा पनि निषेधाज्ञा यथावत
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि आगामी भदौ १५ गते सम्म निषेधाज्ञा यथावत गर्ने निर्णय गरेको छ । आज बसेको कमाण्ड पोष्टको बैठकले जारी निषेधाज्ञा यथावत राख्ने जिल्ला सुरक्षा समितिमा सिफारीस गर्ने निर्णय गरेको हो ।
थाहा नगरपालिकामा गत भदौ २ गतेबाट र भीमफेदी गाउँपालिकामा गत भदौ ४ गतेबाट भोली मंगलबार भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
उक्त निषेधाज्ञा आगामी १५ गते सम्मका लागि यथावत राख्न सिफारीस गरिएको जनाएको छ ।
उक्त क्षेत्रमा पनि अहिलेकै अवस्थामा निषेधाज्ञा जारी रहने कमाण्ड पोष्टका सल्लाहाकार एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।










