स्वास्थ्यकर्मीमाथि बढ्दो दुर्व्यवहारको विरोधमा प्रदर्शन

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १२:५९
;

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको दुर्व्यवहारको विरोधमा मानव अधिकार तथा शान्ति समाजले आज काठमाडौंमा प्रदर्शन गरेको छ।

समाजले दोषिमाथि कारबाहीको माग समेत गरेको छ । ‘स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गरौँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ’ भन्ने आग्रहसहित काठमाडौंको जोरपाटीमा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*