जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिकामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी भएका छन् ।
आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका परेका हुन् ।
आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । उनीहरुलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।










