आयल निगमका ९ कर्मचारीसहित १६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १३:४६
;

बारा । बारामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल आयल निगमको अमलेखगंजस्थित क्षेत्रीय डिपोमा कार्यरत ९ जना कर्मचारीसहित सातजना अमलेखगंजका स्थानीयमा कोरोना पुष्टि भएको हो ।

संक्रमित कर्मचारीमध्ये तीनजना वीरगंज, तीनजना अमलेखगंज र बाँकी अन्य स्थानका छन् । कर्मचारीलाई निगमले आफ्नै खर्चमा होटलमा राख्ने भएको छ ।

योसँगै बारामा संक्रमितको संख्या ६ सय एक पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*