कोरोना संक्रमित प्रहरीको संख्या एक हजारबढी

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १४:१९
;

काठमाडौं । कोरोनाभाइरस संक्रमित नेपाल प्रहरीको संख्या एक हजार नाघेको छ । विभिन्न स्थानमा खटिएका प्रहरीमा संक्रमण हुनेको संख्या एक हजार एक सय ४२ पुगेको हो । तीमध्ये सात सय ४४ जना उपचाररत छन्।

बाँकी ३ सय ९८ जना प्रहरी कर्मचारीहरू उपचारपछि घर फर्किसकेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा मात्रै २०१ जना संक्रमित छन् भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरी अन्तर्गत पर्ने तीन जिल्लामा ७९ जना संक्रमित प्रहरी छन्।

त्यस्तै प्रदेश नम्बर १ मा एक सय ५६, प्रदेश दुईमा १ सय २६, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा २८, प्रदेश नम्बर पाँचमा ७९, कर्णलीमा १६ जना र सुदुरपश्चिम प्रदेशमा १२ जना संक्रमितको उपचार भइरहेको प्रवक्ता एसएसपी कडायतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*