एउटै लक्षण देखिएका चार जनाको मृत्यु
सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँमा टाउको दुख्ने, वान्ता आउने र बेहोस हुने जस्ता लक्षण देखिएका चार जना बिरामीको मृत्यु भएको हो । उनीहरु सबैमा एउटै लक्षण देखापरेको थियो ।
मृत्यु हुनेमा कटैयाका ३५ वर्षीय रामउदगार मुखिया, ३० वर्षीय जितेश मुखिया, ३८ वर्षीय श्यामदेव यादव र ६५ वार्षीय कुसेश्वर मुखिया रहेका छन् ।
मृतकहरुले गाउँमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ । यस सम्बन्धमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










