भक्तपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १५:५७
;

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत कोरोना संक्रमितको मृत्यु छ । बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मिर्गौला पीडित ती पुरुषलाई डायलाइसिस गर्न अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर दाहसंस्कार गरेको छ ।f

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*