लियो हेटौँडाको रक्तदान कार्यक्रम सम्पन्न
मकवानपुर । लियो क्लब अफ हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रगत अभाव भएर कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ कलबले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
क्लबले हेटौंडा–१ मा रहेको रक्त संचार केन्द्र (ब्लड बैङ्क) मा आयोजना गरीएको कार्यक्रमा २२ जनाले रगत दान गरेका थिए । कार्यक्रममा लियो क्लबका सदस्यसहित सुरक्षाकर्मीहरुले पनि रगत दिएका थिए ।
क्लबका अध्यक्ष गणेश श्रेक्ष्ठका अनुसार सो रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
निषेधाज्ञाका कारण रगत संकलनमा समस्या भएको र रगतको अभाव हुन नदिन कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
क्लबले विगत २८ वर्षदेखि सामाजिक सेवामा विभिन्न काम गर्दै आएको छ ।