झगडा छुट्याउन गएको प्रहरीमाथि आक्रमण

महोत्तरी । झगडा छुट्याउन गएको प्रहरीमाथि युवाहरुले आक्रमण गरेका छन् । कञ्चनपुरको महाकाली नगरपालिका–८ मा सोमबार स्थानीय युवाहरुले दुई जना प्रहरीमाथि हातपात गरेका हुन् ।
स्थानीय युवाहरुको आक्रमणबाट घाइते भएका प्रहरीको उपचार भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार प्रहरीमाथि हातपात गर्ने शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको छ ।