कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १६:५०
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ पुरुष र ३ जना महिला गरी ८ जनाको मृत्यु भएको हो ।

मृत्यू हुनेमा सुसरीका ६८ वर्षीय पुरुष, मोरङका एकजना ६५ वर्षीय पुरुष, पर्साकी एक ७० वर्षीय महिला, काठमाडौंका एक ४८ वर्षीय महिला, रुपन्देहीका एक ६७ वर्षीय महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीनजना पुरुष रहेका छन् ।

यो नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*