साढे ६ केजी अफिमसहित दुई जना पक्राउ

काठमाडौँ । साढे ६ केजी अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–१, जाजरकोटका २२ वर्षीय दिलिप विश्वकर्मा र भीमेश्वर नगरपालिका–६ की १८ वर्षीय प्रमिला राउत रहकी छन् ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर लोलाङ हाइटबाट ती दुई जनालाई पक्राउ गरेको हो ।
बरामद अफिम जाजरकोटबाटै प्रतिकेजी १ लाख ५० हजारका दरले किनेर ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।