चोकचोकमा लियो सुर्योदयको ‘तपाईको मास्क खै ?’ को ब्यानर

मकवानपुर । लियो कलब अफ हेटौंडा सुर्योदयले हेटौंडाको विभिन्न चोकमा ‘तपाईको मास्क खै ?’को व्यानर राखेको छ । भदौ ८ गते सोमबार क्लबले हेटौंडाको विभिन्न स्थानमा मास्क खोइ र कोरोना सम्बन्धि सचेतनामुलक उपायहरू भएको व्यानर राखेको हो ।
नेपालमा समाजसेवामा सक्रिय रहेको लायन्स कलबको युवा कार्यक्रम अन्तर्गत रहेको लियो क्लबहरुले विभिन्न क्षेत्रमा कार्य गर्दै आएको छ । सोहि अनुसार लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रमको रुपमा स्थापना भएको क्लवले आज कारोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर कार्यक्रम गरेको हो ।
क्लबले हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने चेकपोष्ट र चोकहरुमा मास्कको प्रयोग तथा कोरोनासँग कसरी बच्ने सम्बन्धी उपायको ब्यानरहरु टासेका छन् । सहज परिस्थिति नभएको हुँदा क्लबका धेरैजना सदस्यहरुलाई भेला नगरी तथा सामाजिक दुरी कायम गर्दै कार्यक्रम गरेको क्लबका अध्यक्ष शुभम लम्सालले बताए ।
कार्यक्रममा लम्सालसहित कलबका प्रथम उपाध्यक्ष पृथ्वी नेपाल र कोषाध्यक्ष सुबास भण्डारीले हेटौंडा–१५ को चुरीयामाई मन्दिरको चेकपोस्ट हुँदै रातोमाटे चेकपोस्ट, बुद्ध चोक, हेटौंडा–११ थानाभर्याङ्को ट्राफिक चेकपोस्ट, सामरीको पुल नजिक, हेटौंडा–५ को क्याम्पाडाँडा चौतारी र माछाप्लानको लेकसाईडमा ब्यानर राखेको हो ।