उपचार नपाएर टाउकोमा चोट लागेका कोरोना संक्रमितको मुत्यु

बुटवल । एक जनामा कोरोना संक्रमण देखिएपछि उपचार नपाएर मृत्यु भएको छ । गत मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि मेडिकल कलेजले उपचार गर्न नसक्ने बताउँदै भैरहवाकै भीम अस्पताल पठाएको थियो ।
उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको भीम अस्पतालले जनाएको छ । बिहीबार स्वाब संकलन गरिएकोमा उनमा शुक्रबार कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।