ट्याक्टरको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

सर्लाही । ट्याक्टरको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्रका हवल्दार हरिपुर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको मृत्यु भएको हो ।
सोमबार राति रामनगर गाउँपालिकास्थित उनी सवार प्रदेश २–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो ।
घटनामा संलग्न ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।