थप २ जना कोरोना संक्रमितको मृत्यु
महोत्तरी । महोत्तरीमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मनरा सिस्वा नगरपालिका– ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
क्यान्सर रोगी उनमा कोरोना संक्रमण देखिएपछि जलेश्वरस्थित आइसोलेशनमा लगिँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै अर्का मृतक बलवा नगरपालिका– ३ बस्ने ६६ वर्षीय पुरुष रहेका छन् । उनको ढाडमा लामो समयदेखि समस्या थियो ।