सामरीबाट ११ किलो गाँजासहित एक जना पक्राउ

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १५:१३
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो लागू औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ सामरीपुलबाट हिजो भदौ ८ गते सो परीमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ६८ वर्षीय विष्णुलाल रूम्बा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको विशेष टोलीले विशेष सूचनाको आधारमा रुम्बाको घरबाट लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजासहित रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले बताए ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*