बालिका बलात्कारको आरोपमा दाजुभाई पक्राउ

सिन्धुली । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १६ र १४ वर्षीय युवाहरुलाई मंगलबार पक्राउ गरेका हो । उनीहरु दाजुभाइ हुन् ।
पीडित पक्षले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय डकाहाकाले जनाएको छ ।
पीडित बालिका र अभियुक्त दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।