साढे ८ किलो लागूऔषध चरेससहित दुई जना पक्राउ

हेटौडा न्युज
९ भाद्र २०७७, मंगलवार १७:३९
;

विरगञ्ज । साढे ८ किलो लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ का ४५ वर्षका रामचन्द्र राय थारु र सोही स्थानका ५० वर्षका जितन ओझैया छन् ।

गाउँपालिकाको–५ स्थित मनिअर्वा सडकखण्डमा राम चन्द्रले चलाएर आएको बिआर २२ एजी ७३७२ नम्बरको भारतीय मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँचको क्रममा ४ किलो ५ सय ग्राम चरेस, ५ सय ग्राम गाजाको धुलो र पछाडी बस्ने ओझैयाको साथबाट ४ किलो चरेस तथा ५ सय ग्राम गाजाको धुलो बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*