पाटन अस्पताल उपचाररत थप एक कोरोना संक्रमित मृत्यु

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार ११:२९
;

ललितपुर । ललितपुरको पाटन अस्पताल उपचाररत थप एक कोरोना संक्रमित मृत्यु भएको छ । कोरोना संक्रमित काठमाडौंका ५४ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*