स्वास्थ्य प्रमुखमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार ११:३८
;

मनाङ । स्वास्थ्य प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ ।

स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखमा कोरोना देखिएपछि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिए ।

त्यसैगरी भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*