थप एक जना कोरोना संक्रमितको मृत्यु
बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको हो ।
गत भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएका ती पुरुषको दुवै फोक्सोमा निमोनिया देखिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
यो सहित बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।










