उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १२:११
;

काठमाडौँ । उपत्यकामा भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै छ । मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*