आइसोलेसनबाट फरार भएका युवक नुवाकोटमा भेटियो

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १३:०५
;

चितवन । चितवनको आइसोलेसनबाट फरार भएका युवक नुवाकोटमा भेटीएका छन् ।

भरतपुर अस्पतालको आइसोलेसनबाट मंगलबार फरार भएका ती युवक बुधबार बिहान नुवाकोट जिल्लाको बेलकोटगढी– ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका–१२ बस्दै आएका चोरीको आरोपमा पक्राउ परेका १९ वर्षीय युवकलाई हिरासतमै संक्रमण पुष्टि भएको थियो ।

उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो ।

प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट त्यहाँ पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*