मकवानपुरका १ सयबढी संक्रमित होम आइसोलेसनमा

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १४:०५
;

मकवानपुर । मकवानपुरमा हालसम्म ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये १ सय ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

मकवानपुरका  १ सयबढी  कोरोना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइसोलेसनमा १ सय २५ जना उपचाररत छन् ।
जसमा हेटौंडाका १ सय १९ जना रहेका छन् भने गढी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिकाका ३ जना रहेका छन् ।

त्यस्तै आइसोलेसन १ सय ३ जना रहेको जनस्वास्थ्य कार्यलय हेटौंडाले जनाएको छ । जसमा ९४ जना हेटौंडा– ६ स्थित गौरिटार आइसोलेसनमा रहेका छन् भने एक जना हेटौंडा–४ कर्रा र ८ जना मनहरीको आइसोलेसनमा उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*