कोमामा गएको दाबीबीच किम जोङ बैठकमा सहभागी
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन कोमामा गएको दाबीबीच पार्टीको बैठकमा सहभागी भएका छन् ।
स्वास्थ्यबारे पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । पछिल्लो पटक उनी कोमामा रहेको समाचार प्रकाशित भएको थियो ।
बीबीसीका अनुसार मंगलबार आयोजना भएको पार्टीको पोलिटब्यूरो बैठकमा किमले चुरोट पिउँदै भने, ‘‘घातक भाइरस’ लाई देशमा प्रवेश गर्न नदिन राज्यको प्रयासमा केही कमीकमजोरीहरु थिए ।’










