मकवानपुरमा थप ४५ जनामा कोरोनाको पुष्टि

हेटौडा न्युज
१० भाद्र २०७७, बुधबार १६:२९
;

मकवानपुर । मकवानपुरमा आज थप ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । काभ्रेमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलमा गरीएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत भदौ ७ गते परीक्षणको लागि हेटौंडाबाट काभ्रेको धुलिखेल स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाईएको थियो ।

हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षण गर्दा ढिलाई भएकाले हेटौंडाबाट ४ सय ५० स्वाब काभ्रेको धुलिखेल पठाईएको थियो ।

संक्रमितको थप विवरण भने आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*