चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १३:१९
;

कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर २७ वर्षीय गणेशबहादुर सिंहको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएपछि सिंहलाई उपचारका लागि धनगढी लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घाइते हुनेमा अमरबस्तीका ३० वर्षीय लालबहादुर बोगटी, १६ वर्षीय भावना भुल र ३७ वर्षीय पशुपति सार्की छन् । उनीहरूको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*