उच्च ज्वरोबाट ६ जनाको मृत्यु
कञ्चनपुर । कञ्चानपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोबाट ६ जनाको मृत्यु भएको छ ।
अचानक उच्च ज्वरो आउने र बेहोस हुने समस्या भएका १० जना बिरामीमध्ये ६ जनाको मृत्यु भएको महाकाली नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकाको ६ नम्बर वडाका वडाध्यक्ष समेत रहेकामहाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीका अनुसार भदौ महिनाभित्रै देखिएको समस्यामा अचानक १०२ देखि १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, क्षणभरमै बेहोस हुने र अन्ततः मृत्यु नै हुने गरेपछि तनाब सिर्जना छ ।
१० दिनको अवधिमा ८ जनामा लक्षण देखिए २ जना निको भएर घर फर्के भने ६ जनाको मृत्यु भएको उनले बताए ।
उनका अनुसार मृत्यु हुनेहरू ६७ वर्षीय पुरुष, १४ वर्षीया महिला, २१ वर्षीय पुरुष, १४ वर्षीय पुरुष लगायत छन् ।
सबैको रगत परीक्षण भएको र कसैकसैमा जापानिज इन्सफ्लाइटिसको लक्षण समेत देखिएको प्रवक्ता सिजालीको भनाइ छ ।स्रोतः लोकान्तर डटकम










