किसानको हितको लागी कृषि र भेटनरी छुट्टाछुट्टै हुनुपर्छः अध्यक्ष देवकोटा

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १४:१४
;

मकवानपुर । केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण प्रसाद देवकोटाले किसानको हितको लागी कृषि र भेटनरीको सेवा छुट्टाछुट्टै हुनुपर्ने बताएका छन् ।

संघका केन्द्रिय अध्यक्ष देवकोटा र महासचिव रामप्रसाद आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका कार्यहरु छुट्टाछुट्टै हुनुपर्ने बताएका हुन् ।

बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका सम्पुर्ण निकाय एवम् कार्यालयहरुलाई एकीकृत सेवा दिन जटिल हुने र परिणाममुखी कार्य नहुने भएकोले हाललाई एकीकृत सेवा दिने कार्य अगाडी नबढाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष देवकोटाले कृषि र भेटनरी सेवालाइ छुट्टाछुट्टै रुपमा अझ प्रभावकारी र व्यवस्थित बनाउन समेत अनुरोध गरेका छन् ।

कृषि र भेटनरीको एकीकृत सेवा दिदा आर्थिक र सामाजिक क्षेत्र उकास्ने गरेको अपेक्षा र आत्मनिर्भरता समेतको लक्ष्य पुरा नहुने हुँदा यसलाइ अझ ब्यवस्थित गर्नुपर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभोड १९० का कारण विदेश र सहरबाट युवाहरु गाँउ केन्द्रित भइरहेको अवस्थामा वैकल्पिक रोजगारीको रुपमा कृषि र पशुपालनलाइ व्यावसायिक र व्यवस्थित गर्नको लागी पनि कृषि र भेटनरीलाइ एकीकृत गर्न नहुने अध्यक्ष देवकोटाले बताए ।
देवकोटाले प्रदेश सरकारले निर्यातमुखी कृषि र पशुपालन व्यावसायलाई सफल बनाउनको लागी पनि कृषि र भेटनरीलाइ छुट्टाछुट्टै रुपमा संचालन गर्नुपर्ने बताएका छन् ।

यो समाचार पालुङका सञ्चारकर्मी राजकुमार केसीको सहयोगमा तयार पारीएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*