नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्षसहित ९ जना पक्राउ
जनकपुरधाम । नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरासहित ९ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
बीबीसीका जनकपुरधाम समाचारदाता बृजकुमार यादवको घरमा ढुगांमुढा गरेपछि वाणिज्य संघ अध्यक्ष हिरासहित राजु साह, विपी साह, विरेन्द्र साह, सत्यनारायण साह, चन्दन कुमार साह, गणेश कुमार साह, गौत्तम साह, प्रदीप साहलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
गए राति जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटीको पर्खाल भत्काइएपछि सो जातीका अगुवाहरु आक्रोशित भएका छन् ।
यता सम्पादक यादवले भने आफुले कुनै डोजर नचलाएको र पर्खाल नभत्काएको दाबी गरेका छन् ।