राक्सीराङको चुलिङखोलामा पुल निर्माण हुने

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १५:५२
;

मकवानपुर । संघिय सरकारले सहयोगमा मकवानपरको सरिखेत चलिङखोला पुल निमार्ण हुने भएको छ । संघीय सरकारको सहयोगमा मकवानपुरको राक्सीराङ गाउँपालिका–३ सरिखेत चुलिङखोला पुल निर्माण हुने भएको हो ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा चुलिङखोलामा पुल निर्माणका लागि संघीय सरकारले आवस्यक बजेट विनीयोजित गर्ने भएको हो ।

डिभीजन सडक कार्यालय हेटौंडा मार्फत चुलिङ खोलामा पुल निर्माणका लागि लागत स्टमेट तयार पार्ने काम भइरहेको सांसद खतिवडाले बताए ।

पुल निर्माण नहुँदा यस क्षेत्रका वासिन्दाहरुका लागि आवत जावत गर्नका लागि समस्या हुने भएकाले यसमा निरन्तरको प्रयासपछी पुल निर्माणका लागि सरकारले रकम पठाउन लागेको उनले बताए ।

पुल निर्माण हुने भएपछी यस क्षेत्रका नागरिकलाई सहज हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*