औषधी व्यावसायी संघ मकवानपुरको गुनासो, व्यावसाय संचालनमा कठिनाई
मकवानपुर । नेपाल औषधी व्यावसायी संघ मकवानपुरले व्यावसाय सञ्चालन गर्न कठिनाई भइरहेको बताएको छन् । व्यवसायीहरुको कोरोना संक्रमणको आशंकामा परिक्षण्का लागि स्वाब दिएको एक हप्ता सम्म पनि रिपोर्ट समेत नआउँदा व्यवसाय संचालनमा समस्या भएको जनाएको हो ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना परीक्षणको रिपोर्ट ढिलो हुँदा समस्या भएको संघले जनाएको छ । यस समस्याको उचित समाधानका लागि संघले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
संघले आज एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणका कारण व्यवसाय संचालनमा कठिनाई भइरहेको जनाएको हो ।
कोही औषधी ब्यवसायीहरु कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नु परेको र कोही क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता रहेको संघले जनाएको छ ।
संघले हेटौंडा लगायतका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले औषधि व्यवसायहरु निर्बाद रुपमा सञ्चालन गर्नका लागि समस्या भएको जनाएको छ ।