नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
११ भाद्र २०७७, बिहीबार १६:३२
;

मकवानपुर । नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

यससंगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

त्यसैगरी आज ५ सय ६९ जना डिस्चार्ज भएका छन् । यससंगै कूल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*