कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ८३ पुगेको हो ।
देशभरमा संक्रमणबाट ५ महिला र ३ पुरुष गरी ८ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ७० र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् ।
त्यस्तै काठमाडौँ ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हिजो बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो । मंगलबार ७ जना, अस्ति सोमबार ८ जना, आइतबार ३ जना र शनिबार ९ जना संक्रमितको मृत्यु भएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले प्रदेश १ मा २ जना र बागमतीमा १५ जना गरी १७ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।