हेटौंडाका १७ सहित मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरीएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईका अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १७ जना, मनहरी गाउँपालिकाका २ जना र कैलाश गाउँपालिकाका १ जना रहेका छन् ।
प्राप्त जानकारी अनुसार संक्रमण देखिनेहरुमा ८ जना पुरुष र १२ जना महिला रहेका छन् ।
गत भदौ ६ र ८ गते संक्रलन गरीउको २ सय जनाको स्वाबको नमुना परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितको विवरणः
हेटौंडा–४ का ७ जना (२३, ३९, ७५ वर्षीया महिला, २४, ५३, ६८ र ६८ वर्षीय पुरुष)
हेटौंडा–५ का ४ जना (२८, ५९ वर्षीया महिला, ४९ र ५१ वर्षीय पुरुष)
हेटौंडा–६ की १ जना (४७ वर्षीया महिला)
हेटौंडा–८ की १ जना (३२ वर्षीया महिला)
हेटौंडा–१० की १ जना (३५ वर्षीया महिला)
हेटौंडा–११ का २ जना (२३ वर्षीया महिला र २७ वर्षीय पुरुष)
हेटौंडा–१५ की १ जना (१३ वर्षीया महिला)
मनहरी गाउँपालिका–७ र ८ का २ जना (३६ वर्षीया महिला र ३५ वर्षीय पुरुष)
कैलाश गाउापालिकाकी १ जना (५८ वर्षीया महिला)
त्यस्तै प्रयोगशालामा गत ३ दिनमा ६४ जनाको पुनः कोरोना परिक्षण गरीएको छ जसमा ४९ जनाको रिपोर्ट नेगेटिभ प्रापत भएको छ भने ९ जनामा पुनः पोजेटिभ देखिएको छ । ६ जनाको भने परिक्षण गर्न बाँकी रहेको जनाइएको छ ।