बीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु
धरान । पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत मोरङको बेलबारी नगरपालिका–५ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पताल उपचाररत ती महिलालाई विराटनगरस्थित कोसी अस्पतालबाट भदौ ९ गते रिफर गरिएको थियो ।
सोही दिन उनको पीसीआर रिपोर्ट पनि पोजिटभ देखिएको थियो ।
यसअघि बिहीबार नै झापाका ८३ वर्षीय पुरुष र सिरहाका ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।