बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका तिलोत्तमा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको जनाइएको छ । उनी भदौ ७ गते अस्पतालमा भर्ना भएका थिए ।










