थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन। चितवनको पुष्पाञ्जली अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती पुरुष लामो समयदेखि दमका बिरामी रहेको अस्पतालले जनाएको छ ।
भदौ ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।