हेटौंडाका २४ सहित थप २९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १४:०५
;

मकवानपुर । हेटौंडाका २४ सहित थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरीएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएकाहरु मध्ये २४ जना हेटौँडाका, १ जना मनहरी र अन्य ४ जना बाहिर जिल्लाका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।

प्राप्त जानकारी अनुसार संक्रमण देखिनेहरुमा १६ जना पुरुष र ९ जना महिला रहेका छन् ।

संक्रमितको विवरणः
हेटौडा–१ का ३ जना (६१ र ३६ बर्षका २ पुरूष)
हेटौडा– ४ की १ जना (४७ वर्षीया महिला)
हेटौंडा–५ का ४ जना (५९, २४ वर्षीया महिला, ४२ वर्षीय पुरुष)
हेटौँडा–६ की १ जना (२४ वर्षीया महिला)
हेटौंडा–८ का ४जना (६१ वर्षीया महिला र ४२, ३२, ५५ वर्षीय पुरूष)
हेटौंडा–९ का २ जना (६७ र १६ वर्षीय २ पुरूष)
हेटौँडा–१० का २ जना (५२ वर्षीया महिला र २९ वर्षीय पुरूष)
हेटौंडा–११ का ४ जना (२२ वर्षीया महिला र ५१, ३०, २४ वर्षीय पुरूष)
हेटौंडा–१३ का २ जना (३१ वर्षीया महिला र ४० वर्षीय पुरुष)
हेटौंडा–१५ का १ जना (२९ वर्षीय पुरूष)
हेटौंडा–१७ का २ जना (४१ वर्षीया महिला र ३० वर्षीय पुरूष)
मनहरी गाउँपालिका–१ का १ जना (३८ वर्षीय पुरुष)

त्यस्तै बाहिरी जिल्ला जुम्ला, सिन्धुपाल्चोकसहितको ठेगाना भएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*