रक्षा, गृह, स्वास्थ्यमन्त्रीसहित प्रधानसेनापति होम आइसोलेसनमा
काठमाडौं । कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि प्रधानसेनापति पूर्णचन्द थापासम्म होम आइसोलेसनमा बसेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका हुन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा भएको बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो ।
मन्त्रीहरुसहित अन्य कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ ।