वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १०:४७
;

वीरगञ्ज । वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै गएराति वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*