हेटौंडामा कार्यरत ७ प्रहरी कोरोना संक्रमणमुक्त
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा कार्यरत ७ जना प्रहरी कोरोना संक्रमणमुक्त भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइका अनुसार हेटौंडा–१० बसपार्कका ७ जना प्रहरी कोरोना संक्रमणमुक्त भएका हुन् ।
बसपार्क प्रहरी बिटमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएपछि आइसोलेसनमा बसेका थिए । उनीहरुको फलोअप रिपोर्ट नेगेटिभ आएपछि गौरीटार र कर्रा आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।
मकवानपुरमा हालसम्म ३६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।










