हेटौंडामा ८० र मनहरीमा ५४ जनाको स्वाब संकलन
मकवानपुर । मकवानपुरको हेटौंडामा आज ८० जनाको स्वाबको संकलन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइका अनुसार ८० मध्ये १३ जनाको पुनः परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
त्यस्तै आज मनहरी गाउँपालिका–१ र २ मा ५४ जनाको स्वाब संकलन गरिएको छ ।
सङ्कलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ ।










