हेटौंडाका कोरोना संक्रमितहरुको फोन ट्रेसिङको काम सुरु

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १३:१४
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रभीत्रका होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको फोन ट्रेसिङको काम सुरु गरिएको छ । मोबाइल एप मार्फत हेटौंडा अस्पतालबाट होम आइसोलेसनमा रहेका संक्रमितहरुको फोन ट्रेसिङको काम सुरु गरिएको हो ।

फोन ट्रेसिङको काम हिजोदेखि सुरु गरिएको हेटौंडा अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको सबै वडामा संक्रमितको अवस्था पत्ता लगाउनका लागि फोन ट्रेसिङको काम सुरु गरिएको जनाइएको छ ।

कोरोना संक्रमित विरामी घरबाट बाहिर निस्कने गरेको गुनासो बढेपछि उनीहरुको फोन ट्रेसिङको काम सुरु भएको हो । फोन ट्रेसिङको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, ४, र ६ बाट सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*