पाटन अस्पतालमा २ कोरोना संक्रमित महिलाको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १३:४०
;

ललितपुर । पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंकी एक जना र भक्तपुरकी एक गरी दुई महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

त्यस्तै भदौ ८ गतेदेखि पाटन अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*