हेटौंडा अस्पतालमा कार्यरत ४६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १४:१८
;

मकवानपुर । हेटौंडा अस्पतालमा कार्यरत ४६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र  हेटौंडामा गरीएको परिक्षणमा अस्पतालमा कार्यरत ४६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

धुलिखेलको प्रयोगशालामा भएको परीक्षणका क्रममा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको थियो ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतको स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाई जानकारी दिएका छन् ।

त्यस्तै अस्पतालमा कार्यरत केहीको स्वाब परीक्षणकै क्रममा रहेको चौलागाइले बताएका छन् । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*