मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ हजार नाघ्यो
काठमाडौं । मेक्सिकोमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ हजार नाघेको छ । पछिल्लो चौबीस घण्टामा ५ सय ५२ मानिसहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६३ हजार एक सय ४६ पुगेको हो ।
मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ८ सय २४ नयाँ कोरोना संक्रमित फेला परका छन् । अहिलेसम्म संक्रमितको संख्या ५ लाख ८५ हजार ७ सय ३८ पुगेका छन् ।
कोरोनाबाट हुने मृत्युको संख्या मेक्सिको र भारतमा त्यति धेरै फरक नभएको बताइएको छ ।









