कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ७ पुग्यो

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १७:०८
;

काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमका अनुसार पाल्पाका ३० वर्षीया, काठमाडौंका ५१ वर्षीया र भक्तपुरका ६२ वर्षीया गरी ती महिलाको भएको छ ।

अन्य पुरूषहरू दुई जना पर्सा, दुई जना ललितपुर, सिराहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरमा एक/एक जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*