दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १७:२७
;

सुनसरी । मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार दुर्घटनामा परी सप्तरी बलान घर भएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार मण्डलको मृत्यु भएको हो ।

को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

उनको उपचारका क्रममा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*