हेटौंडाका ७ सहित थप ९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१३ भाद्र २०७७, शनिबार १७:३६
;

मकवानपुर । हेटौंडाका ७ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरीएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण देखिएकाहरु मध्ये हेटौंडा उपमहानगरपालिकाका ७ जना, १ जना राक्सिराङ गाउँपालिका र १ जना हेटौंडा बस्दै आएका जिल्ला बाहिरका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइले जानकारी दिएका छन् ।
प्राप्त जानकारी अनुसार संक्रमितहरुमा ६ पुरुष र ३ महिला रहेका छन् ।

संक्रमितको विवरणः
हेटौंडा–१ का ३ जना (२३, १० वर्षीय पुरुष र २१ वर्षीया महिला)
हेटौंडा–२ की १ जना (२६ वर्षीया महिला)
हेटौंडा– ४ का ३ जना (६०, ६५ वर्षीय पुरुष र २६ वर्षीया महिला)
राक्सिराङ गाउँपालिकाकाका १ पुरुष (उमेर,ठेगाना नखुलेको)

त्यस्तै बाहिरी जिल्लाका १ पुरुषमा कोरोना पुष्टि भएको हो । भदौं ९, १० र ११ गते संकलित २ सय ९९ स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको चौलागाइले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*